इतिहासकै ठूलो भ्रष्टाचारमाथि छानबिन हुंदै, अब प्रचण्ड नउम्किने

१९ भाद्र २०६९, मंगलवार १९:५३ मा प्रकाशित

काठमाडौं, १९ भदौ । नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमाथि अब राज्यले नै छानबिन गर्ने भएको छ । माओवादी लडाकुको नाममा साढे नौ अर्ब रुपैयां राज्यबाट बुझेर करिब तीन अर्बभन्दा बढी रकम हिनामिना भएको विषयलाई लिएर राज्यले छानबिन गर्ने तत्परता लिएको हो । गत सोमबार सेना समायोजन उच्चस्तरीय समितिको बैठकमा नेपाली काङ्गे्रसका वरिष्ठ नेता डा. रामशरण महतले लडाकुको नाममा लगेको रकममा व्यापक भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष प्रस्ताव राख्नुभएको थियो । डा. महतको प्रस्तावमा सहमति जनाउंदै प्रधानमन्त्री भट्टराईले छानबिन सुरु गरिने विश्वास दिलाउनुभएको छ । त्यसनिम्ति अहिलेसम्म लडाकुको नाममा राज्यका तर्फबाट कति रकम गएको छ भन्ने कुराको पूर्ण विवरण सङ्कलन गरिने भएको छ । शान्ति मन्त्रालयमार्फत गएको रकमको विवरण प्राप्त भइसकेपछि कहां–कहां कसरी कति खर्च भएको छ त्यसको पनि लगत तयार गरिने भएको छ । ज्ञातव्य छ, एमाओवादी अध्यक्ष प्रचण्डले १९ हजार लडाकुको नाममा रकम बुझे पनि क्यान्टोनमेन्टमा चौध हजार मात्र लडाकु बस्ने गरेका थिए । क्यान्टोनमेन्टमा नभएका लडाकुका नाममा तीन अर्बभन्दा बढी रकम प्रचण्डको टोलीले कसरी हिनामिना ग¥यो त्यसको तथ्य सङ्कलन भइसकेपछि कारबाहीको प्रक्रिया अघि बढाइने बुझिएको छ । तर, यस सम्बन्धमा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन उच्चस्तरीय छानबिन समिति बनाइन्छ या त्यसको जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइन्छ सो भने स्पष्ट हुन सकेको छैन । सेना समायोजन उच्चस्तरीय समितिमा तथ्यहरू सङ्कलन भइसकेपछि मात्र कारबाही प्रक्रियाका बारेमा निर्णय लिने बुझिएको छ ।
सोमबारको बैठकमा काङ्ग्रेस नेता डा. रामशरण महतले छानबिनको प्रस्ताव राख्नुहुंदा नेकपा एमालेका नेताहरूले प्रस्तावको समर्थन गरेका थिए । तर, प्रधानमन्त्री भट्टराईले भने आलटाल गर्नुहुने हो कि भन्ने आशङ्का थियो । तर, भट्टराई पनि सजिलै सहमत हुनुभएपछि त्यस विषयलाई लिएर बैठकमा कुनै चर्चा–चर्की गर्नु नपरेको समितिका सदस्य दीपक भट्टले जनाउनुभएको छ । नारायणकाजीलाई उचालेर प्रधानमन्त्री बाबुराम भट्टराईको तेजोबध गर्ने प्रयास गर्दै आउनुभएका प्रचण्डलाई यो भ्रष्टाचार प्रकरणले निकै सास्ती दिने अनुमान गरिएको छ । प्रचण्डले रकम बुझ्ने काममा कृष्णबहादुर महरा र जनार्दन शर्मा प्रभाकरलाई लगाएको भए पनि उक्त रकममाथि सम्पूर्ण नियन्त्रण भने पार्टी अध्यक्ष प्रचण्डकै थियो । यस प्रकरणमाथि छानबिन सुरु भएपछि प्रचण्ड रक्षात्मक हुंदै जाने र प्रधानमन्त्री भट्टराई एमाओवादीको एकल प्रभावकारी नेताका रूपमा स्थापित हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार