त्रिविको प्रश्नपत्र फेसबुकमा भेटिएपछि…

१९ भाद्र २०६९, मंगलवार १९:४८ मा प्रकाशित

काठमाडौं, १९ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको बिई, बि आर्कको प्रवेश परीक्षाको प्रश्नपत्र पहिले नै बाहिर ल्याउनमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २८ गते प्रवेश परीक्षाको प्रश्नपत्र पढेको अडियो क्लिप्स फेसबुकमा भेटिएपछि अनुसन्धान सुरु भएको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ।
साउन २७ गते बिहान ७ बजेतिर सो अडियो क्लिप्स परीक्षार्थी निरज चौधरीले आफूसित इन्टरनेट सुविधा नभएकोले आफ्नो छिमेकीको कम्प्युटरबाट मोबाइलमा डाउनलोड गरेका थिए। ब्युरोका अनुसार २७ गते बिहान ६ बजेतिर निरजको साथी करण चौरासियाले सो अडियो राजकुमार राउतको मोबाइलको ब्लुटुथबाट आफ्नो मोबाइलमा पठाई फेसबुकको नेभर माइन्ड ग्रुपमा अपलोड गरेका थिए।
त्यसअघि २६ गते बेलुका ६ बजेतिर अमितकुमार यादव र रामबिनय मण्डल लगाएतका व्यक्तिहरुलाई उनीहरुका साथी शिवसागर यादवले बिई, बिआर्कको प्रश्नपत्र आफुसँग रहेको भन्दै १५ हजार रुपियाँ माग गरेका थिए।
परीक्षार्थी राजकुमार राउतले १५ हजार दिने सर्तमा प्रश्न मेलबाट पठाउ भनेपछि शिव सागर, अमित कुमार, राम बिनय र राजिव चौलागाईले मोवाइलबाट प्रश्नपत्रको फोटो खिची मेल गरेकोमा नगएपछि राम बिनय मण्डलले राजिव चौलागाईको मोवाइलमा सेभ रहेको प्रश्नपत्रको फोटो हेरी उनकै मोबाइलबाट पढेर राउतले राति साढे १० बजेतिर आफ्नो मोवाइलमा रेकर्ड गरेका थिए।
हाल फरार रहेका कृष्ण झाबाट सो प्रश्नपत्रबापत शिव सागर यादवले रु। १५ हजार लिएको र सोबाट रु।१० हजार आफूसँग राखी रु।५ हजार मनोज यादवलाई दिएको अनुसनधानबाट खुलेको ब्युरोले बताएको छ।
त्यसैगरी मनोज यादवले पाएको रु।५ हजार मध्ये रु।३ हजार मदन मण्डललाई दिएको, मदन मण्डलले प्रश्नपत्र बापत बिरेन्द्र साहलाई रु।५० हजार दिएको, बिरेन्द्र साहले सो रु।५० हजार मध्ये रु।३० हजार रविन पोखरेललाई दिएको, रविन पोखरेलले रु।३० हजार मध्ये रु। २० हजार किशोर बिष्टलाई दिएको र २४ गते बेलुका छ बजेजेतिर किशोर बिष्टलाई सो प्रश्नपत्र उनका भाइ लोकेन्द्र बिष्टले उपलब्ध गराएका थिए।
२३ गते बिहान ८ बजेतिर त्रिचन्द्र कलेज अध्ययनरत रहेको तथा सिग्मा प्रेस सानेपामा काम गरेका लोकेन्द्र बिष्टले सोही प्रेसमा मेसिन चलाउने सिद्धार्थ लामालाई प्रश्न पत्र बिक्री गर्दा निकै आम्दानी हुने आर्थिक प्रलोभन देखाइ प्रश्न पत्र छाप्ने समयमै प्रश्न पत्रको एक साइडको कपी लुकाई लामाले लोकेन्द्र बिष्टलाई उपलब्ध गराएको अनुसन्धानमा देखिएको छ।
सिग्मा प्रेस सानेपामा मेसिन चलाउने सिद्धार्थ लामालाई आर्थिक प्रलोभन देखाइ लोकेन्द्र बिष्टले प्रश्न पत्र बिक्री गर्ने योजना बनाएको र सोही क्रममा लोकेन्द्र, किशोर हुँदै रविन पोखरेलकोमा पुगेको र प्रश्न पत्र खरिद गर्ने क्रममा बिरेन्द्र साह हुँदै परिक्षार्थी राजकुमार राउत, निरज चौधरी र प्रमोद यादवले प्राप्त गरी २७ गते भएको प्रवेश परिक्षामा संलग्न भएको देखिएको ब्युरोले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले