जान्ह्वीको दुई भिडियो भाइरल

२५ फाल्गुन २०७७, मंगलवार ०८:३७ मा प्रकाशित

बलिउड अभिनेत्री जान्ह्वी कपुर आफ्नो फिल्म रुहीको विषयमा अहिले चर्चामा छिन् । हालै मात्र आफ्नो जन्मदिन मनाएकी उनी आफ्नो फिल्मको प्रोमोशनमा व्यस्त छिन् ।

आफ्नो जन्मदिन शहरभन्दा बाहिर गएर मनाएकी जान्ह्वी फर्कने बेला एयरपोर्टमा देखिएकी थिइन् । जान्ह्वीको यतिबेला फ्यान फलोविङ राम्रै छ । उनीसँग फोन खिच्न धेरै मानिसहरु लालायित हुन्छन् ।

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा जान्ह्वीका म्यानेजर चिच्याइरहेको पाइन्छ । सोसल मिडियामा सेयर गरिएको भिडियोमा देखिएअनुसार जान्ह्वी एयरपोर्टबाट बाहिर निस्कने बेला उनका प्रशंसकले उनीसँग तस्बिर खिचिरहेको देखिएकाे छ ।

तीमध्ये एक प्रशंसक जान्ह्वीसँग तस्बिर खिच्नका लागि अघि बढ्दै गर्दा जान्ह्वीका म्यानेजरले प्रशंसकको हात समातेर झड्कारेका छन् । यो स्थितिलाई नायिकाले निकै राम्रो तरिकाले सम्हाल्छिन् । अभिनेत्रीले तिनै प्रशंसकसँग एउटा सेल्फी खिच्नका लागि अनुमति दिन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र