आकाशबाट खसेका ढुङ्गालाई जम्मा गरेरै करोडौं कमाई

२५ फाल्गुन २०७७, मंगलवार ०८:३४ मा प्रकाशित

एक व्यक्तिले ढुँगा बेचेरै करोडौँ कमाई रहेका छन् । आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गरेर अमेरकी माइक फार्मरले करोडौं रुपैयाँ कमाइरहेका हुन् ।

४८ वर्षका माईक अमेरिकाको एरिजोनामा बस्छन् । उनी संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । माइक फार्मरले उल्कापिन्डलाई खगोलविद्देखि असाध्यै धनाढ्यका लागि बेच्ने गर्छन् । तर उल्कापिन्ड संकलन गर्न त्यति सहज भने छैन । थुप्रैपटक उल्कापिन्डको खोजीमा माइक फार्मरले खतरा पनि मोल्नुपर्ने द सनको रिपोर्टमा उल्लेख छ ।

उल्कापिन्डको खोजीमा खतराको सामना गर्नुपर्ने स्थितीलाई माइक भन्छन्, ‘मलाई एड्भेन्चर मनपर्छ र यो काममा मजा आउँछ ।’ माइक उल्कापिन्डको खोजीमा जङ्गल र सुनसान इलाकामा पनि जानुपर्छ । माइकका अनुसार उल्कापिन्डबारे पत्ता लगाउनका लागि उनले असाध्यै धेरै भाग–गुणा गर्नुपर्छ । भाग–गुणामार्फत् नै उनी उल्कापिन्ड कता खस्दैछ वा पूर्वमा कता पट्टी खसेका हुनसक्छन् भनेर अन्दाज लगाउन सक्छन् ।

माइक फार्मर उल्कापिन्ड खरिद पनि गर्छन् र त्यसपछि उचित दाम पाउँदा त्यो बेच्छन् ।विद्यार्थी ऋणमा उनले सबैभन्दा पहिला सन् १९९५ मा ढुङ्गाको केही टुक्रा खरिद गरेका थिए ।

एकपटक माइक फार्मरले मोरक्कोको भ्रमण गरेका थिए र त्यहाँबाट एउटा ठूलो मून रन खरिद गरे । तर जब उनले यो खरिद गरे तब उनी आफैंलाई पनि उक्त ढुङ्गाको वास्तविकताबारे थाहा थिएन । पछि उनले खरिद गरेको मून रक करिब ११ करोड बढीमा बिक्रि भएको थियो । यो पैसाले उनले आफ्नो ऋण चुक्ता गरिदिए र एउटा घर खरिद गर्न पनि सफल भएका थिए । त्यसपछि उनले यो व्यवसायमा कहिले पनि पछाडि फर्केर हेर्नु नपरेको रिपोर्टमा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक