चेल्सीसँग एभर्टन पराजित

२५ फाल्गुन २०७७, मंगलवार ०८:१२ मा प्रकाशित

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन जर्गीनोले पेनाल्टीमार्फत १ गोल गरे ।

एभर्टनका बेन गडफ्रेले एक आत्माघाती गोल गरेपछि चेल्सीले सहज जित निकालेको हो । जर्मन प्रशिक्षक थोमस टुकेललाई जिम्मेवारी सुम्पिएपछि चेल्सीले एउटा पनि खेल हारेको छैन । टुकेलको नेतृत्वमा चेल्सीले ६ खेल जितेको छ भने तीन खेल बराबरी गरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले लिड्स युनाईटेडलाई २–० ले हराएको छ । खेलमा वेष्ट ह्यामलाई विजयी गराउन जेस्सी लिङ्गार्ड र क्रेग डसनले एक एक गोल गरे ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा २८ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ५४ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५३ अंक छ ।

५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा ४८ अंकका साथ वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी