म नेकपाको साधारण सदस्य पनि होइन: प्रधानमन्त्री ओली

'हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । सर्वोच्च अदालतले प्रस्ष्ट पारिसक्यो म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो भनेर ।'
२४ फाल्गुन २०७७, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै आफू नेकपाको साधारण सदस्य समेत नरहेको बताए ।

सर्वोच्चले सबै कुरा प्रस्ष्ट पारेको बताउँदै ओलीले भने, ‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । सर्वोच्च अदालतले प्रस्ष्ट पारिसक्यो म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो भनेर ।’ उनले सर्वोच्चको फैसलालाई सम्मान गर्ने समेत बताए ।

आइतबार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । यससँगै एमाले र माओवादी केन्द्र ब्युँतिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न