तिवारी नेतृत्वको एमालेले बोलायो बैठक

एमाले र माओवादी केन्द्र मिलेर तीन वर्षअघि नेकपा बनेपछि तिवारी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमाले उदाउँदो सूर्य चुनाव चिन्हसहित निर्वाचन आयोगमा दर्ता छ । सो पार्टी २०७७ साउन २० मा १६० नम्बरमा दर्ता छ । अध्यक्षमा तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय छन् ।
२४ फाल्गुन २०७७, सोमबार १६:२७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको पूर्ववत अवस्थामा नै फर्काएपछि तिवारी नेतृत्वको एमालेले बैठक बोलाएको हो । सो पार्टीका महासचिव मनिषकुमार उपाध्यायले सर्वोच्चको आदेशपछि तत्काल बैठक राख्न लागिएको बताए । उनले भने, ‘हामी पर्सी बैठक बस्छौं र छलफल गर्छौ ।’

अदालतले सत्तारुढ नेकपालाई पार्टी एकीकरणको पूर्ववत् अवस्थामा फर्काएर एमाले र माओवादी केन्द्र नै रहने आशय प्रकट गरेपनि यी दुबै नाम निर्वाचन आयोगमा दर्ता छ । नेकपा एमाले अब आफूहरुको पार्टी भएको भन्दै महासचिव उपाध्यायले सर्वोच्च र निर्वाचन आयोगले दिएको आदेश मान्ने बताए । उनले भने, ‘अदालत र आयोगको आदेश विधिविधान अनुसार नै आयो भने मान्छौं ।

अदालतले सत्तारुढ नेकपालाई पार्टी एकीकरणको पूर्ववत् अवस्थामा फर्काएर एमाले र माओवादी केन्द्र नै रहने आशय प्रकट गरेपनि यी दुबै नाम निर्वाचन आयोगमा दर्ता छ । एमाले र माओवादी केन्द्र मिलेर तीन वर्षअघि नेकपा बनेपछि तिवारी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमाले उदाउँदो सूर्य चुनाव चिन्हसहित निर्वाचन आयोगमा दर्ता छ । सो पार्टी २०७७ साउन २० मा १६० नम्बरमा दर्ता छ । अध्यक्षमा तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार