को हुन् ऋषिराम कट्टेल ?

ऋषि कट्टेल ०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए । दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो । राजसंस्था, संघीयता, सविधानसभाजस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो । मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे । कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुँयाललगायत नेता थिए ।
२४ फाल्गुन २०७७, सोमबार ०९:४६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ ।

ऋषि कट्टेल ०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए । दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो । राजसंस्था, संघीयता, सविधानसभाजस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो ।

मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे । कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुँयाललगायत नेता थिए । ०२४ सालदेखि विद्यार्थी संगठनमा आवद्ध भएका उनले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका थिए । ऋषिराम कट्टेल ०३७–०४३ सम्म नेकपा (माक्र्सवाद) का केन्द्रीय सदस्य थिए । ०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए । ०६४ सालमा नेकपा एकीकृत रहेको पार्टीले संविधान सभामा २ सिट ल्याएको थियो । र, ०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

यसअघि, नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशन (२०१९) पछि अनेक चिरामा विभाजित भयो । पुष्पलालले ०२५ मा गोरखपुर सम्मेलन गरी पार्टी पुनर्गठन गरे । कट्टेलले त्यही धाराबाट राजनीति थालेका हुन् । ०३५ सालमा पुष्पलालको निधनपछि नेतृत्व साहना प्रधानले सम्हालिन्छ । ०४३ मा प्रधान नेतृत्वको पार्टी र मनमोहन अधिकारी नेतृत्वको पार्टी नेकपा (माक्र्सवादी ) बन्यो ।

०४७ माघमा माले र माक्र्सवादी बीच एकतापछि एमाले बन्यो । यसरी कट्टेलको राजनीतिक निरन्तरता एमालेसम्म पुग्यो । एमालेले महाकाली सन्धिमा विवाद भएपछि ०५४ मा वामदेव गौतम समूहले माले गठन ग-यो । कट्टेल मालेमा आबद्ध भए । ०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न