राजकुमार ह्यारीलाई अश्लील फिल्मको प्रस्ताव

१९ भाद्र २०६९, मंगलवार १९:२९ मा प्रकाशित

काठमाडौं, १९ भदौ । ब्रिटेनका राजकुमार ह्यारीलाई अश्लील फिल्ममा काम गर्न कथित रुपमा एक करोड डलरको अफर गरिएको छ । टीएमजेड अनलाइन खबरले जनाएअनुसार ‘द ट्रवल विद ह्यारी’ नामक एक अश्लील फिल्ममा प्रमुख पात्रका रुपमा अभिनय गर्न प्रिन्स ह्यारीलाई त्यस्तो प्रस्ताव गरिएको हो ।
विविड इन्टरटेनमेन्टका स्टिभ हिर्सले लन्डनस्थित राजदरबारलाई एक पत्र पठाएर ह्यारीका लागि आफ्नोतर्फबाट गरिएको प्रस्तावको पूरै विवरण पेस गरेका छन् । स्टिभले पत्रमा लेखेका छन्, ‘हामी तपाईंलाई यस कुरामा भरोसा दिलाउन चाहन्छौ कि पटकथा अत्यन्त सुन्दर ढङ्गमा लेखिनेछ र कुनै पनि प्रकारले ताजमाथि आ“च पुग्ने काम गरिने छैन ।’ विचारणीय छ कि हालै विभिन्न अनलाइनमार्फत २७ वर्षीय ह्यारीको एक निर्वस्त्र तस्बिर प्रकाशित भएपछि अनेक विवादले जन्म लिन पुगेको छ । बेलायती राजपरिवारले उनलाई यस विषयमा निकै फटकार लगाएको छ भने सार्वजनिक रुपमा ह्यारीले माफी माग्नुपर्नेसम्मका आवाज पनि उठेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको