काँग्रेस सांसदहरुद्वारा रोस्टममा नाराबाजी

अध्यादेश पेश गर्नका लागि कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई अनुमति दिएपछि नेपाली काँग्रेसका सांसदहरु आफ्नो आसनबाट उठेका थिए । सभामुख सापकोटाले बोल्न समय दिएपछि काँग्रेस सचेतक पुष्पा भुसालले सरकारद्वारा संविधानको भावना विपरीत ल्याएको अध्यादेशको समर्थन गर्न नसक्ने बताएकी थिइन् ।
२३ फाल्गुन २०७७, आईतवार १८:२२ मा प्रकाशित

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ । बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको दाहाल -माधव पक्षले आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएको थियो ।

त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउँदै अध्यादेश पेश गर्नका लागि कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई अनुमति दिएपछि नेपाली काँग्रेसका सांसदहरु आफ्नो आसनबाट उठेका थिए । सभामुख सापकोटाले बोल्न समय दिएपछि काँग्रेस सचेतक पुष्पा भुसालले सरकारद्वारा संविधानको भावना विपरीत ल्याएको अध्यादेशको समर्थन गर्न नसक्ने बताएकी थिइन् ।

त्यसका बाबजुद सभामुखले मन्त्री श्रेष्ठलाई अध्यादेश पेश गर्न समय दिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अध्यादेश फिर्ता लिन सभामुखमार्फत सरकारसँग माग गरेका थिए ।

सभामुख सापकोटाले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउँदै पुनः अध्यादेश पेश गर्नका लागि अनुमति दिएपछि भने काँग्रेस सांसदहरु रोस्टममा पुगेर नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार