सुन्दरीजलमा भारतीय युवतीको शव

१९ भाद्र २०६९, मंगलवार १९:२३ मा प्रकाशित

काठमाडौं, १९ भदौ । सुन्दरीजल गाविस–८ र ९ वडाको सीमानामा पर्ने थरेक भन्ने स्थानमा मंगलबार बिहान एक युवतीको लाश फेलापरेको छ । बागमती नदीको किनारा ढुंगाको चेपमा मृत फेला परेको शव भारत घर भई काठमाडौं महानगरपालिका–८ कालोपुल बस्ने १९ बर्षीया ममता राजवंशीको भएको प्रहरीले जनाएको छ । उनको हत्या भयो या आतमहत्या भन्ने विषयमा प्रहरी अनुसन्धान जारी छ
यसैबीच ललितपुर चापागाँउ–५ ट्याङगाउंका ७२ बर्षीय मोहनराज महर्जनको गोरुले हानेर मृत्यु भएको छ । गोरुलाई घांस हाल्ने क्रममा गोरुले हानेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पतालतर्फ ल्याउंदा बाटैमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका