
काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । यससम्बन्धी सूचना दिन पुगेका उक्त पक्षका अध्यक्षद्वय दाहाल र माधव नेपालसहितका नेतालाई परामर्श गरेर मात्रै निर्णय लिने भन्दै संसद सचिवालयका महासचिवले जवाफ दिनुभएको हो ।
दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेट्न पुग्नुभएको थियो । तर गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जवाफ दिएपछि चर्को स्वरमा एकछिन विवाद भएको थियो ।
आफूहरु वैधानिक भएकाले मान्यता दिनुपर्ने जिकिर नेताहरुले गरेका छन् भने दर्ता नगरी नजाने अडान राखेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी
बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न