बार्सिलोनाद्वारा ओसासुना पराजित

२३ फाल्गुन २०७७, आईतवार ०९:०८ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे ।

दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड ५८ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ५३ अंकका साथ तेस्रो स्थानमा समेटिएको छ ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलहरुमा रियाल भालाडोलिडले गेटाफेलाई तथा एल्चेले सेभियालाई २–१ ले हराएका छन् । गएरातिको खेलमा काडिजले आईबारमाथि १–० को जित निकाल्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित