भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्मा

२३ फाल्गुन २०७७, आईतवार ०९:०७ मा प्रकाशित

काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी तराइका मोडेल लजिना सुबेदी, लीजा कौसल, पूजा ठाकुर, माही खान, रोजिना क्षेत्री, सबिका भट्टराईसंग रोमान्स गर्दै गरेको देखाइएको छ । अतिथी कलाकारका रुपमा नीरकुमारी विश्वकर्मा (सविना)लाई फिचर्ड गरिएको छ ।

गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन तथा कोरियोग्राफी गरेका छन भने नविन वि क, बिशाल लामा, बिपिनले कोरियोग्राफीमा सघाएका छन ।

नीरकुमारी विश्वकर्मा (सविना)को प्रस्तुति, रुद्रसेन कृयसन प्रा लि तथा जनता डिजिटल फिल्म्स प्रोडक्सनमा निर्माण गरिएको भिडियोमा नबिन गिरीको छांयाकन, राजु सर्‍फको ड्रोन कार्य, बिनिता पुरीको मेकअप तथा अमृत चपागाईको सम्पादन रहेको छ ।

गीत र भिडियो दुबैलाई हेरेर सुनेर प्रतिकृया दिन हुन गायक रुद्रसेनले सम्पूर्ण संगीतप्रेमी दर्शकश्रोता, शुभचिन्तक तथा मिडियालाई आग्रह गरेका छन । भिडियोलाई रुद्रसेन विश्वकर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ