अझै आएन कांग्रेसको प्रष्ट धारणा

प्रतिनिधिसभाको बैठकमा नेकपाका दुवै पक्षको भनाइ र गतिविधिलाई समीक्षा गरेर मात्र पार्टीले उचित समयमा उचित निर्णय गर्ने खाँडको भनाइ थियो । दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वासको प्रस्तावको सन्दर्भमा उनले टिप्पणी गर्न चाहेनन ।
२२ फाल्गुन २०७७, शनिबार ०८:५६ मा प्रकाशित

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने अनुमान गरिएको थियो । तर, नेपाली कांग्रेसको संसदीय दलको बैठकले स्पष्ट धारणा तय गर्न सकेन । हिजो शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेपछि राजनीतिक अन्योल कायमै देखिएको हो ।

हिजोको बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्नो धारणा राखेका थिए । सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले बताए ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका दुवै पक्षको भनाइ र गतिविधिलाई समीक्षा गरेर मात्र पार्टीले उचित समयमा उचित निर्णय गर्ने खाँडको भनाइ थियो । दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वासको प्रस्तावको सन्दर्भमा उनले टिप्पणी गर्न चाहेनन ।

‘कांग्रेसले संसद्लाई नियमित रूपमा सञ्चालन गर्न, देशमा देखिएका राष्ट्रिय र राजनीतिक समस्यालाई निकास दिन, संविधानलाई बलियो बनाइ संसदीय अभ्यासलाई सुदृढ गर्न र संसदीय व्यवस्थाप्रति जनतामा विश्वास दिलाउन उचित समयमा उचित निर्णय गर्छ’, खाँणले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार