आयुष र प्रतिभा फिचर्ड ‘निर्दोष माया’ सार्वजनिक

२२ फाल्गुन २०७७, शनिबार ०८:२३ मा प्रकाशित

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाले लेखका हुन्। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन्। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्। पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो।

रक र पप गायन साथमा बाध्यवादन रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन्। उनले ट्रीनिटी कलेज अफ लन्डन बाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन्। यसअघि उनले ‘आजै हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ