अस्ट्रेलियाको शानदार जित

२२ फाल्गुन २०७७, शनिबार ०८:१० मा प्रकाशित

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५० रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा दुई–दुई को बराबरी गरेको हो ।

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १८.५ ओभरमा १ सय ६ रन बनाएर अलआउट हुँदा अस्ट्रेलियाले शानदार जित हात पारेको हो । न्यूजिल्याण्डका लागि केल जेमिसनले ३०, टीम सेफर्टले १९ तथा डेभन केन्वेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । अस्ट्रेलियाका केन रिचर्डससनले ३ तथा ग्लेन म्याक्सवेल, एडम जाम्पा र एस्टन अगरले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कप्नान एरोन फिन्चले ७९ रनको अर्धशतकीय पारी खेले । यसका अलावा मार्कस स्टोयनिस १९, ग्लेन म्याक्सवेल १८, म्याथू वेड १४, जोस फिलिप्सले १३ रन जोडे । न्यूजिल्याण्डका इस सोधिले तीन तथा ट्रेन बोल्टले दुई विकेट लिए ।

पाँच खेलको सिरिजमा न्यूजिल्याण्ड र अस्ट्रेलियाले समान दुई–दुई जित निकालेका छन् । सिरिजको छिनोफानो आइतबार हुने खेलले गर्नेछ । सिरिजको पाँचौं तथा अन्तिम ट्वान्टी–ट्वान्टी खेल नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित