खुमबहादुरको पक्षमा व्यापक प्रदर्शन

१९ भाद्र २०६९, मंगलवार १८:५० मा प्रकाशित

नेपालगन्ज, १९ । नेता खुमबहादुर खड्कालाई सर्बोच्च अदालतले भ्रष्टचारी ठहर गरेको बिरोधमा कांग्रेस कार्यकर्ताले प्रर्दशन गरेका छन् । ठुलो संख्यामा उपस्थित भएका कार्यकर्ताले बिपी चौकदेखि कांग्रेस पार्टि कार्यालय सम्म नाराबाजी गरेका थिए । प्रर्दशनमा सहभागी कार्यकर्ताले खड्का निर्दोश भएको बताएका थिए । पार्टी कार्यालयमा पुगेका उनीहरुले केन्द्रिय समितिमा ज्ञापन पत्र पठाएका छन् । कार्यकर्ताहरुको हस्ताक्षर रहेको ज्ञापन पत्र कांग्रेस बाँकेका कार्यबाहक सभापति लाहुराम थारुलाई बुझाएका हुन् । ज्ञापन पत्रमा अदालतले एकै प्रकृतिका मुद्दामा अलग–अलग नजिर पेश गरि फैसला गरेको, जग्गा जमिनको आम्दानीमा कम गरेको भन्दै फैसला न्यायिक सिद्धान्तभन्दा बाहिर गई प्रमाणका आधारमा नभइ लहडको आधारमा गरिएको आरोप लगाइएको छ ।
साथै ज्ञापन पत्रमा कांग्रेस नेतालाई संस्थागत रुपमा कमजोर गराउने गरि अदालतको आदेश भएको जनाईएको छ । केन्द्रिय कार्य समितीको न्यायिक पुनराबलोकन गर्ने निर्णय प्रक्रियालाई अझ अगाडी बढाउन सभापतिको ध्यानार्कषण गरिएको छ । सो क्रममा कांग्रेस कार्यकर्ताले हातमा कालोपट्टी बाँधेका थिए । ज्ञापन पत्र प्रति केही कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको