पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन

प्रचण्ड नेपाल पक्षको नेकपा निकट सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीलाई कारवाही गरेर प्रचण्डलाई दलको नेता भएको घोषणा गरेको थियो ।
२१ फाल्गुन २०७७, शुक्रबार १६:१४ मा प्रकाशित

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

प्रचण्ड नेपाल पक्षको नेकपा निकट सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीलाई कारवाही गरेर प्रचण्डलाई दलको नेता भएको घोषणा गरेको थियो । तर, कानुनी रुपमा वैधता दिनेगरी सो पार्टीले आज औपचारिक रुपमा दलको नेता चयन गरेको हो ।

जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको नेताको प्रस्ताव माधव कुमार नेपालले गरेका थिए भने पम्फा भुषालले समर्थन गरेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न