ओली र विप्लव आज एउटै मञ्चमा

आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ । यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।
२१ फाल्गुन २०७७, शुक्रबार ०८:४२ मा प्रकाशित

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो ।

आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ । यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।

बुधबार र बिहीबार दुई दिन भएको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ ।

सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संबोधन गर्ने बताईएको छ । २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न