चपली हाइटद्धारा कीर्तिमान

४ चैत्र २०६८, शनिबार ०३:१८ मा प्रकाशित

‘चपली हाइट’ले सिंगल ओपनिङ डेको कीर्तिमान राखेको छ । उसले रिलिजकै दिन शुक्रबार (चैत ३)मा २० लाख सिंगल डे ग्रस कलेक्सन गर्‍यो । हालै आफ्नो डाटा प्रणाली अपग्रेड गरेको वितरण कम्पनी डीसीएनले यस्तो विवरण सार्वजनिक गरेको हो । ‘चपली हाइट’को यो कलेक्सनमा रात्री सोहरूको कलेक्सन समावेश छैन । रात्री सोको सेयरलाई समेट्दा कलेक्सनको ग्राफ एकलाखले माथि पुग्छ । नेपाली सिनेमा इतिहासमा सिंगल डे रेकर्ड पनि हो ।

‘लुट’ले रिलिज डेट (पुस २९)मा झन्डै १० लाख ग्रस कलेक्सन गरेको थियो । ‘चपली हाइट’को यो इनिसियल कलेक्सन व्लकबस्टर ‘लुट’को दोब्बर हो । ‘लुट’को शीर्षकमा १४ लाखको राजधानी कलेक्सनको अर्को रेकर्ड थियो । शुक्रबार ३२ पर्दाबाट एकैसाथ रिलिज भएको ‘चपली हाइट’का लागि खुशिको खबर –यो सिनेमा मल्टिप्लेक्समा भन्दा सिंगल थिएटरमा गबजले ओपनिङ भयो । सिनेमा पण्डितहरूको भविष्यवाणी विपरित ‘चपली हाइट’ मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा चल्यो ।

वितरक नरेन्द्र महर्जनका अनुसार ‘चपली हाइट’को कूल ग्रसमा काठमाडौंको ६५ र मोफसलको ३५ प्रतिशत योगदान छ । सिनेमाले तीन दिनमै लगानी उठाउने प्रक्षेपण महर्जनको छ । सिनेमाको लगानी २७ लाख हो । प्रारम्भिक मूल्यांकनअनुसार फस्टलुक र कन्ट्रोभर्सीका कारण सिनेमाले आक्रामक ओपनिङ गरेको अनुमान गरिएको छ । यद्यपी, सप्ताहन्तपछि सिनेमाको पिकअप यसको ‘वर्ड अफ माउथ पब्लिसिटी’मा निर्भर रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको