‘आँधी तुफान २’ निर्माण घोषणा

२१ फाल्गुन २०७७, शुक्रबार ०८:३१ मा प्रकाशित

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो । दशकअघि निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । निर्माता मौनता श्रेष्ठ हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् ।

मदन घिमिरेको निर्देशन रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम लगायतको अभिनय हुने जनाइएको छ ।

थ्रिलर र सस्पेन्स विधामा नारी एक्सन समेटेर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए । चैतको पहिलो साताबाट छायाँकन सुरु हुने फिल्ममा रामशरण उप्रेतीको सिनेम्याटोग्राफी, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ