‘ओलीविरुद्धको अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाललाई कांग्रेस र जसपाको साथ’

“उहाँहरु अर्को बाटोमा लाग्न सक्नुहुन्न, कि त प्रतिगनको मतियार हुनुपर्यो, हिजो अस्ति उहाँहरुले के भन्नुभएको छ ?, यो ओली जीको कदम प्रतिगामी कदम हो भन्नुभएको भनेर, विभिन्न रुपले जुलुस आनदोलनमा सहभागी हुनुभएको छ । अदालतले प्रतिगामी हो भनेर ठहर गरिसकेको छ ।
२० फाल्गुन २०७७, बिहीबार १६:४७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै प्राकृतिक, न्यायोचित सही हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई नै साथ दिने बताए ।

पार्टी कार्यालय पेरिसडांडामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको विचको एकता नै प्राकृति हुन्छ, त्यो न्यायोचित र सही हुन्छ, त्यसतर्फ नै वेस जान्छ होला भन्ने मलाई लाग्छ।”

उनले भने, “उहाँहरु अर्को बाटोमा लाग्न सक्नुहुन्न, कि त प्रतिगनको मतियार हुनुपर्यो, हिजो अस्ति उहाँहरुले के भन्नुभएको छ ?, यो ओली जीको कदम प्रतिगामी कदम हो भन्नुभएको भनेर, विभिन्न रुपले जुलुस आनदोलनमा सहभागी हुनुभएको छ । अदालतले प्रतिगामी हो भनेर ठहर गरिसकेको छ ।

यो स्थितिमा प्रतिगमनकारीसँग मतियारी गरेर जानुहुन्छ भने त प्रतिगमनका मतियारी हुने स्थिति हुन्छ ।” उनले भने, “त्यसकारण उहाँहरुले यो गल्ति गर्नु हुनेछैन । इतिहासको ठूलो भुलबाट जोगिने हो भने, उहाँहरु त्यो बाटोमा लाग्नु हुन्न ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न