कोइराला वली भेटवार्ता

१९ भाद्र २०६९, मंगलवार १८:०६ मा प्रकाशित

काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा ९एमाले०का नेता केपी शर्मा ओलीबीच आज भेटबार्ता भएको छ। कोइराला निवास महाराजगन्जमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक गतिरोधको समाधान, राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा छलफल भएको हो।
सभापति कोइलाका प्रेस सल्लाहकार विपुल पोखरेलका अनुसार मुलुकको गतिरोध छिटो अन्त्य गर्नेबारेमा दुई नेताबीच परामर्श भएको हो। सभापति कोइराला र नेता ओलीबीच राजनीतिक गतिरोध अन्त्यका लागि कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगर्दासम्म एकीकृत नेकपा (माओवादी)ले अघि सारेका विकल्पमा जान नसकिने सहमति भएको जनाइएको छ।
प्रधानमन्त्री भट्टराईले पदत्याग गरेर मार्ग प्रशस्त गरेपछि संविधानसभा पुनःस्थापना गर्ने वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा छलफल गर्न सकिनेबारे दुई नेताबीच कुराकानी भएको पनि प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
राजनीतिक दलबीच पछिल्लो समयमा भएको वार्तामा भदौ महिनाभित्रै राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुले प्रयास गर्ने सहमति भएको केही समयलगत्तै आज सभापति कोइराला र नेता ओलीबीच भेटवार्ता भएको हो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता ओलीले मुलुकको राजनीतिक र संवैधानिक सङ्कट समाधानका लागि सहमति खोज्नेबारेमा आफूहरुबीच कुराकानी भएको बताए। ( रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा