प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।
२० फाल्गुन २०७७, बिहीबार १२:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन् ।

सो अवसरमा सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका चन्द नेकपाका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न