चन्द्रमा भ्रमण गर्न आठ सर्वसाधारणको खोजी

२० फाल्गुन २०७७, बिहीबार १०:११ मा प्रकाशित

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत यसबारे घोषणा गरेका हुन् ।

मेजावाले आफूसँग जान चाहने सर्वसाधारणहरुको सम्पूर्ण यात्रा खर्च आफूले ब्यहोरिदिने पनि जानकारी दिएका छन् । यसमा युसाकुसहित यात्रामा सहभागी सबैले चन्द्रमाको पहिलो निजी भ्रमण गर्नेछन् । एलन मस्कको कम्पनी ‘स्पेस–एक्स’ को यो मिसन २०२३ का लागि निर्धारित गरिएको हो ।

यसमा आवदेन दिनेहरुसँग दुईवटा योग्यता मात्र हुनुपर्ने भनिएको छ । समाजलाई महान् बनाउन र अरुलाई मद्दत गर्न सो व्यक्ति कुनै न कुनै क्रियाकलापमा लागेको हुनुपर्छ र अर्को क्रु मेम्बरहरुलाई पनि समर्थन गर्न इच्छुक हुनुपर्ने हुन्छ ।

मेजावाले भनेका छन्, ‘मैले सबै सिट किनिसकेको छु, त्यसैले यो सबैका लागि निजी भ्रमण हुनेछ ।’ मेजावा जापानका फेशन मोगुल हुन् । यसअघि पनि उनले चन्द्रमाको पहिलो निजी भ्रमणमा आफूसँग सहभागी हुन कलाकारहरुलाई निम्ता गर्ने बताएका थिए । ‘यदि तपाईँले आफूलाई कलाकार देख्नुहुन्छ भने तपाईँ कलाकार नै हो’ उनले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न