जर्मनीको स्थानीय निर्वाचन लड्दै पहिलो नेपाली

२० फाल्गुन २०७७, बिहीबार ०८:४३ मा प्रकाशित

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय निवार्चनको उम्मेदवार बनेका छन्। आगामी मार्च १४ तारिखमा हुने ‘फरेनर्स एडभाइजरी काउन्सिल (केभ)’ निर्वाचनमा रियलटिफ फ्रेंकफर्टका तर्फबाट उम्मेदवार बनेका उनी जर्मनीको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने पहिलो नेपाली हुन् ।

आप्रवासीहरुले भोग्नु पर्ने समस्यालाइ समाधान गरी जर्मनीमा रहेको नेपाली समुदायको हकहित र सामाजीकरणलाइ विशेषत मूल एजेण्डा बनाएर उनी यो चुनावको प्रतिस्पर्धा गर्दैछन्। भाषा संकृति र रहनसहनका कारण जर्मनी आउने युवा वर्ग र बिद्यार्थीहरुले भोग्नु परेको समस्या लाइ आफुले नजिकबाट बुझेका भट्ट आफुले निर्वाचनमा विजय हासिल गरेको खण्डमा यिनै मुद्दाहरु लाई स्थानीय तबरले आवाज उठाउने जानकारी www.nepal24hours.com  अन्तरक्रिया कार्यक्रममा जानकारी गराए।

उक्त कार्यक्रममा जर्मनीमा बसोबास गर्ने नेपाली समुदायलाइ समेत आफ्नो विजय सुनिश्चित गरिदिन उनले आग्रह गरे। मार्च १४ तारिखमा हुने उक्त निवार्चनमा लामो समय देखि जर्मनीमा स्थायी बसोबास गरेका जो कोहिले पनि मत दान गर्न पाउछ, जसको लागि जर्मनी नागरिकताको जरुरत पर्दैन। साथै निम्न लिंकमा गइ दर्ता गर्न र आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ।

भट्ट काठमाडौँ बल्खुका स्थायी बासिन्दा हुन् भने पेशाले फोटोग्राफर, सामाजिक अभियन्ता र युवा व्यवसायी हुन् ।

https://wahlschein.ekom21.de/IWS/start.do?mb=6412000

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार