तापसी र अनुरागको घर र कार्यालयमा छापा

२० फाल्गुन २०७७, बिहीबार ०८:३४ मा प्रकाशित

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्स्सँग जोडिएको एक घटनाको अनुसन्धानका लागि मुम्बईमा अनुराग कश्यप, विकास बहल र तापसी पन्नुसँग सम्बन्धित २० स्थानमा आयकर विभागले छापा मारेको बीबीसीले जनाएको छ ।

विभागका अधिकारीहरुले मुम्बईको फ्यान्टम फिल्म्स् एण्ड ट्यालेन्ट हन्ट कम्पनीको अफिसमा पनि छापा मारेको छ । यो कम्पनी २०११ मा अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले बनाएका थिए । २०१८ भने उनीहरुले कम्पनी बन्द गरेका थिए ।

अनुराग कश्यप केन्द्र सरकारको आलोचना गरिरहनु र तापसी पन्नुले कृषि कानुनको विरोध गरेको समय उनीहरु केन्द्रीत छापा मार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा आयकर विभाग केन्द्र सरकारको मातहत पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ