रोमाञ्चित जितसँगै बार्सिलोना फाइनलमा

२० फाल्गुन २०७७, बिहीबार ०८:३० मा प्रकाशित

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा ३–२ ले जित्दै बार्सिालोना फाइनलमा पुगेको हो । सेमिफाइनल पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो । तर गएराति भएको दोस्रो लेगको खेलको निर्धारित समयमा बार्साले २–० कै जित निकाल्यो ।

बार्साका लागि ओस्मान डेम्बेले र जेरार्ड पिकेले एक एक गोल गरे । निर्धारित समयको खेल बार्सिलोनाले २–० ले जितेपछि एग्रिगेटमा २–२ गोलको बराबरी भए । यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेटले निर्णायक गोल गरे । खेलमा सेभियाका रेगेस र डे योङले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्तेबिचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित