सामाजिक सञ्जालको बढ्दो दुरुपयोगमाथि अन्तरक्रिया

१९ भाद्र २०६९, मंगलवार १७:५६ मा प्रकाशित


काठमाडौं, भदौ १९ । सरोकारवालाहरुले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रण अहिलेको प्रमुख चुनौती बन्दै गएको बताएका छन् । राजधानीमा मंगलबार मिडिया फर वेलफेयरले आयोजना गरेको ‘सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रणमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालका माध्यम अपराधको अखडा बन्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका छन् । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले अहिले सामाजिक सञ्जालको युग भएको तर यसबाट पछि फर्कने अवस्था पनि नभएकाले दुरुपयोग नियन्त्रणमा प्रयोगकर्ताहरु नै सचेत हुनुपर्ने बताउनुभयो । सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर कानुन ल्याएको प्रसंग उल्लेख गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको औल्याउदै सरोकार सबै निकाय गम्भीर हुनुपर्नेमा जोड लिनुभयो । उहाँले आफ्नो इमेल आइडी लगआउट गर्ने, मोबाइलको सहि प्रयोग गर्ने र पीडितले पनि समयमै उजुरी दिने सस्ंस्कार विकास हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरीको साइबर क्राइम ब्युरोका डिएसपी नरेश मल्लले सामाजिक सञ्जालको दुरुपयोगसंँग जोडिएका सयौ मुद्दामा ब्युरोले दोषीलाई कारबाही गरिसकेको जानकारी दिनुभयो ।
आफूहरुले साइबर कानुनको कार्यान्वयनमा विशेष जोड दिएको भन्दै उहाँले कानुनविपरित कसैको तस्वीर अपलोड गर्ने, तस्वीर वा सन्देश शेयर वा ट्याग गर्ने र अरुको चरित्र हत्या वा मानहानी हुने कुनै पनि गतिविधिमा संलग्नलाई कडा कारबाही हुने बताउनुभयो । पीडित वा सरोकार निकायले उजुरी नगरेसम्म आफूहरुले घटनाबारे अनुसन्धान गर्न नसक्ने भन्दै दुरुपयोगको क्रम नरोकिए, फेसबुक, ट्विटरसंग राज्य स्तरमा सहकार्य गरी दोषिमाथी कारबाही हुने डिएसपी मल्लले बताउनुभयो । इन्टरनेट प्रोभाइडर एसोसिएन अफ नेपालका अध्यक्ष बिनय बोहोराले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि व्यापक जनचेतनाकाृ खाँचो औल्याउनुभयो ।
प्रयोगकर्ता आफै सचेत हुनुपर्ने र कानुनको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । इन्डरनेट प्रोभाइडरहरुले व्यापार मात्रै नगरेर यसको दुरुपयोग नियन्त्रणमा पनि अन्य सरोकारवाल निकायहरुसँग सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो । वेभ सर्भरका प्रमुख कार्यकारी निर्देशक सुमनलाल प्रधानले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा आवश्यक पर्ने सबै खाले सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
मिडिया फर वेलफेयरका परिकल्पनाकार तथा हेडलाइन्स एन्ड म्युजिक एफएमका प्रवन्धक निर्देशक गोपाल झाले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा सञ्जार माध्यामले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । भारतको आसामा राज्यमा हालै भड्किएको जातीय ंिहंसा जस्तै नेपालको सक्रमणकालीन अवस्थाबाट कसैले फाइला लिनसक्नेतर्फ पनि सबै सचेत हुनुपर्ने परिकल्पनाकार झाले बताउनुभयो ।
संस्थाका अध्यक्ष सुराच प्रसाईले ‘म दुरुपयोग गर्दिन’ अभियानका बारेमा प्रकाश पार्दै सबै प्रयोगकर्ताहरु आफै सचेत नहुँदासम्म सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण हुन नसक्ने बताउनुभयो । दुरुपयोग नियन्त्रणबारे सार्वजनिक जनचेतनाका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अझै प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग सबैको सरोकारको र अहिलेको प्रमुख चुनौती भएको भन्दै यसलाई अभियानकै रुपमा अघि लैजानुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित