
न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो ।
प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बाट्र्निनकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् । प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पति फ्रिज भएको छ ।
अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्द लगाएको थियो । नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको दाबी गर्दै प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ ।
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । नाभाल्नीलाई हाल रुसको कारागारमा राखिएको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी
बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न