रणनीति बनाउन दाहाल-नेपाल आज दिनभर व्यस्त

आज सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान १० बजे सचिवालय बैठक बोलाइएको छ भने ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । त्यस्तै, दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा सचिवालयले जनाएको छ ।
१९ फाल्गुन २०७७, बुधबार ०८:४३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन सकिन्छ भन्ने बैठकको एकसूत्रीय उद्देश्य रहेको छ ।

आज सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान १० बजे सचिवालय बैठक बोलाइएको छ भने ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । त्यस्तै, दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा सचिवालयले जनाएको छ ।

सचिवालयले स्थायी कमिटी बैठकमा पेश हुने एजेण्डा तय गर्नेछन् भने त्यसलाई स्थाायी कमिटीले अनुमोदन गरी केन्द्रीय कमिटीमा पेश गर्ने प्रस्ताव तय गर्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गर्ने योजना छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न