राष्ट्रपतिबाट ढिलाई भयो : अध्यक्ष यादव

१९ भाद्र २०६९, मंगलवार १६:०६ मा प्रकाशित


काठमाडौ, १९ भदौ । राजनीतिक संकट निकासका लागि अब राष्ट्रपति नै अग्रसर हुनुपर्ने पक्षमा दह्रोसंग वकालत गर्नेमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेपछि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अग्रसर भएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले मुलुकलाई जारी राजनीतिक र संबैधानिक गतिरोधबाट निकाल्नको लागि दलहरुलाई राष्ट्रपति डा. रामवरण यादवले निश्चित समय–सीमासहित अल्टिमेटम दिनुपर्ने बताए । उनले संविधानका संरक्षक र पालकको हैसियतले पनि मुलुकलाई असफल हुनबाट जोगाउन पहल गर्नु राष्ट्रपतिको कर्तब्य हुने स्मरण गराए । उनले भने– ‘राष्ट्रपतिले अब ढिला गर्नु हुँदैन, दलहरुलाई स्पष्ट समय तोकेर यति समयसम्म सहमति गरेर आउनुस भनेर अल्टिमेटम दिनुपर्छ, उहाँ यसरी चुप लागेर बस्न मिल्दैन, अब नयाँ सरकार तयार पारेर अगाडि बढ्नु पर्छ ।
मुलुकको साँचो भारतमा लगेर छाड्ने प्रधानमन्त्री डा बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाउँदै कुनै पनि देशका राष्ट्रप्रमुखसँग प्रधानमन्त्रीले एक्लै भेट्नु राष्ट्रघात भएको यादवले आरोप लगाए । उनले भने– ‘प्रधानमन्त्रीको यो हर्कत नेपाली जनताको लागि धोका हो । देशको सम्मानमा उनले लात हानेका छन् । यस विषयमा प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनु पर्छ ।’
माओवादी संघीयता पक्षधर नभएको भन्दै यादवले सत्ता लम्ब्याउने माओवादीले संघीयताको पक्षधरहरुको गठबन्धन निर्माण गरेको आरोप लगाए । उनले भने– ‘माओवादी संघीयता पक्षधर हुन्थ्यो भने १२ बुँदे सम्झौता, अन्तरिम संविधानमा संघीयताको कुरा उठ्थ्यो तर मधेस आन्दोलनले मात्रै यसलाई स्थपित गर्यो । कांग्रेसमा रहेका विजय गच्छदार कहिलेका संघीयता पक्षधर हुन् ? फोरमबाट चुनाव जितेकोले मात्रै उनी बनेका हुन । त्यसैले संघीयता पक्षधरहरुको गठबन्धन नाटक मात्रै हो ।’
संघीयता आउने भयो भनेरै तीन दलले संविधानसभा विघटन गरेको भन्दै उनले फेरि पनि संघीयता, पहिचान, गणतन्त्र, लोकतन्त्र र समावेसिताविनाको संविधान नेपाली जनताले मान्न नसक्ने स्पष्ट पारे । उनले कुर्सीको लडाईको कारण संविधान बन्न नसकेको भन्दै यादवले यस्तै अवस्था रहे मुलुक राजनीति, संबैधानिक, आर्थिक र विश्वासको संकटको खाड्लमा भासिएर असफल हुने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल