रोनाल्डोको दुर्लभ कीर्तिमान

१९ फाल्गुन २०७७, बुधबार ०८:२५ मा प्रकाशित

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल खेल्छन् ।

उनले युरोपका शीर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने कीर्तिमान बनाएका हुन् । इटालीयन सिरी ए अन्तर्गगत बुधबार बिहान स्पेजियाविरुद्धको खेल युभेन्टसले ३–० ले जित्यो ।

उसका लागि रोनाल्डोसँगै अल्भारो मोराटा र फेडेरिको चिएसाले एक एक गोल गरे । यो खेलमा गोल गरेका रोनाल्डोले जारी सिजनमा २० गोल पूरा गरे ।

क्लब फुटबलमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । उनले अहिलेसम्म क्लब करियरमा ६ सय लिग खेल खेलेका छन् ।

जारी सिजनको सिरी ए मा युभेन्टस २४ खेलबाट ४९ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको इन्टर मिलानको ५६ अंक छ भने ५२ अंकसहित एसी मिलान दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी