परिचयपत्र र नागरिकतासहित उपस्थित हुन् केन्द्रीय सदस्यलाई दाहाल–नेपाल समूहको निर्देशन

सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको एक नेताले बताए । पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् ।
१८ फाल्गुन २०७७, मंगलवार १९:१७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । परिचयपत्र र नागरिकतासहित पार्टी कार्यालय पेरिसडाडाँमा भोलि बुधबार अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । केन्द्रीय सदस्यहरुलाई दिउँसो १ बजे उपस्थित हुन खबर गरिएको हो ।

दाहाल–नेपाल समुहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेपछि केन्द्रीय सदस्यहरुलाई राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।

हिजो सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको एक नेताले बताए । पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।

केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न