चन्द समूहसँग वार्ता गर्न सरकारले बनायो दुई सदस्यीय वार्ता टोली

१८ फाल्गुन २०७७, मंगलवार १५:२१ मा प्रकाशित

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव समूहको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।

मन्त्री गुरुङले सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन सरकारले वार्ता टोली गठन गरेको बताए । प्रतिबन्ध नहटाई वार्ता टोली गठन गरेको प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए । गएको शनिबार नेकपा महासचिव चन्दले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।

उनले वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए । राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषदले चन्द समूहमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न