पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

१८ फाल्गुन २०७७, मंगलवार १०:०६ मा प्रकाशित

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ । गीतका रचनाकार घिमिरेका अनुसार एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अङ्गीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको छ ।

विभिन्न पुस्तक प्रकाशन गरिसकेका घिमिरेले ‘उनले जस्तै..’ उत्कृष्ट गीत रचना गरेका छन् । घिमिरेको ‘मेरो बैँशको क्यालेण्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन् । ‘सुनको टप’ नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।

सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादनमा तयार गरिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ