एभर्टनको शीर्ष चारभित्र पर्ने सम्भावना जिवितै

१८ फाल्गुन २०७७, मंगलवार ०८:१० मा प्रकाशित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे ।

जितसँगै एभर्टनले प्रिमियर लिगको अंक तालिकामा शीर्षचारभित्र पर्ने संभावना जिवित पारेको छ । २५ खेलबाट ४३ अंक जोडेको एभर्टन सातौं स्थानमा रहेको छ । एक खेल बढी खेलेको वेष्ट ह्याम युनाईट्ड ४५ अंकसहित चौथो स्थानमा छ ।

शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ६२ अंक जोडेको छ । उता स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको छ । यो बराबरीपछि रियाल मड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनालाई उछिन्ने अवसर गुमाएको छ ।

ला लिगामा २४ खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको रियाल मड्रिडको समान ५३ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी