संवैधानिक राजतन्त्र र राष्ट्रिय अखण्डता त्याग गरेर पार्टी एकता गरिन्न : कमल थापा

१९ भाद्र २०६९, मंगलवार १४:२४ मा प्रकाशित


काठमाडौ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीसँग राप्रपा नेपालको पार्टी एकता हुनै नसक्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले जनशक्ति पार्टीसँग अब एकताकोलागी कुनै वार्ता र सम्बाद नहुने भन्दै वार्ताको ढोका बन्द गरेको स्पष्ट पारे । उनले एकता महाधिवेशनबाट पारित नीति, विद्यान र कार्यदिशालाई राप्रपा नेपाल, राप्रपा र जनशक्ति पार्टीले स्विकार गर्ने गरी सहमतिको अन्तिम तयारी भए पनि अन्तिम समयमा आएर जनशक्ति पार्टीको तर्फबाट ति विषय अहिले नेै तय हुनु पर्ने अडान प्रस्तुत भए पनि पार्टी एकताको प्रयास तुहिएको खुलासा गरे ।
उनले भने– एकता महाधिवेशनबाट पारित नीति, विधान र कार्यदिशालाई राप्रपा नेपाल, राप्रपा र जनशक्ति पार्टीले स्विकार गर्ने गरी सहमतिको दस्तावेज बनाइएको थियो । त्यसमा हाम्रो सहमति थियो तर अन्तिम समयमा जनशक्ति पार्टीका जिम्मेवार नेताहरुले सबै कुरा अहिले टुङग्याएर तपसिलका विषयमात्रै महाधिवेशनले टुङग्याउनु पर्ने अडान राखेपछि एकताको प्रयास समाप्त भएको हो ।
यद्यपि थापाले पशुपति शमसेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना भने कायमै रहेको जानकारी दिए । उनले पार्टी एकीकरणका लागि भएका प्रयास प्रति निराशा ब्यक्त गर्दै अब सनातन हिन्दु धर्म, संवैधानिक राजतन्त्र र राष्ट्रिय अखण्डता त्याग गरेर कसैसँग पनि पार्टी एकीकरण नगर्ने स्पष्ट पारे ।
केही दलहरुले बन्द कोठामा बसेर संविधानसभा पुनःस्थापनाको षडयन्त्र गरिरहेको भन्दै उनले संविधानसभा पुनःस्थापना गरिए आफ्नो दलले बहिस्कार गर्ने चेतावनी दिए । थापाले बाहिरी प्रभाव र दलगत स्वार्थ पुरा गर्न संविधानसभा पुनःस्थापनाको षडयन्त्र भईरहेको दावी गर्दै त्यस्तो गर्न प्रयास गरिए सडक आन्दोलनबाट त्यसलाई विस्थापित गर्ने चेतावनी दिए ।
उनले त्यस्तो षडयन्त्रको विरोध, भ्रष्टाचार, महंगि र असुरक्षाको विषयलाई लिएर राप्रपा नेपालले आन्दोलनको भन्दै आगामि भदौ २२ गते देशै भरी विरोध सभा गर्ने र राजधानीमा बसन्तपुरमा बृहद विरोध सभा गर्ने बताए । थापाले अहिलेको राजनीतिक र संबैधानिक राजनीतिक गतिरोधको निकास नयाँ निर्वाचन मात्रै भएको भन्दै त्यसको लागि तटस्थ चुनावी सरकार गठन गर्नु पर्ने माग गरे ।
त्यसका लगि १ वर्ष संविधानसभा र बाँकी ४ वर्ष संसदको भूमिका निर्वाह गर्ने गरी नयाँ निर्वाचन गरिनु पर्ने निर्वाचन ५५ प्रतिसत प्रत्यक्ष र ४५ प्रतिसत समानुपातिक हुने गरी ३११ जनाको संसद गठन गरिनु पर्ने उनको धारणा थियो । यी सबै कार्य सम्पन्न गर्न सर्वपक्षीय सहमतिमार्फत मन्त्री परिषदको सिफारिसमा बाधा अडकाउ फुकाएर अगाडि बढ्नु पर्ने उनको प्रस्ताव थियो । पछिल्लो समयमा भएको गठबन्धन निर्माण मुलुकको हितमा नभएकोले आफूहरु कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्दै अहिलेको गठबन्धन निर्माण सत्ता प्राप्ती र सत्ता रक्षाको लागि भएकोले बताए । नेपालमा ब्यापक मात्रामा भईरहेको धर्म परिवर्तनप्रति आक्रोस ब्यक्त गर्दै थापाले त्यसलाई तत्काल नरोकिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर