चेल्सी र युनाईटेड गोलरहित बराबरीमा

१७ फाल्गुन २०७७, सोमबार ०८:२९ मा प्रकाशित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाईटेडले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

साविक विजेता लिभरपुलले शेफिल्ड युनाईटेडलाई उसैको मैदानमा २–० ले हराउँदा आर्सनलले लेष्टर सिटीमाथि ३–१ को जित निकाल्यो । यसैगरी टोटनह्याम हट्सपरले बर्नलेलाई ४–० ले हराउँदा चेल्सी र म्यान्चेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

गएराति लण्डन क्लबहरु क्रिष्टल प्यालेस र फुल्हमले पनि गोलरहित बराबरीमै चित्त बुझाउनुप-यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ४९ अंकको लेष्टर सिटी तेस्रो तथा ४५ अंकको वेष्ट ह्याम युनाईटेड चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको चेल्सीको ४४ अंक छ भने ४३ अंकको साथ लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी