आफूलाई हटाएर देखाउन ओलीको चुनौती

झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन् । उनले यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर, जतनामा गएर बहुमत ल्याएको भन्दै अब दुईतिहाइ ल्याउने दाबी गरे ।
१६ फाल्गुन २०७७, आईतवार २१:१० मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबी पनि गरे ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन् । उनले यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर, जतनामा गएर बहुमत ल्याएको भन्दै अब दुईतिहाइ ल्याउने दाबी गरे ।

उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबाी गरे । दाहाल–नेपाल पक्षको ध्यान नै पैसा, पद र परिवारबाहेक केहीमा नभएको टिप्पणी गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको भनि प्रश्न गरे । ओलीले नेपाल र दाहाललाई ’मिस्टर हेल्लो’ र ’मिस्टर कम्फर्टेबल’ को संज्ञा पनि दिए ।

ओलीले संसद पुनस्र्थापना भएपछि चितवनको सभा छाडेर आफूलाई हटाउन दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आग्रह गरेको भन्दै व्यंग्य गरे । ओलीले भूमिगत आन्दोलन गरिरहेको नेत्र विक्रम चन्द समूहसँग छिट्टै सहमति हुने दाबी पनि गरे । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको चन्द समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने उनको भनाइ थियो ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न