७८ कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

१६ फाल्गुन २०७७, आईतवार २१:०८ मा प्रकाशित

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै आइतबार थप ८२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ४०७ जनाले नेपालमा कोरोना जितेका छन् । हाल नेपालमा ९६२ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६२ हजार ९३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न