प्रचण्डबाट ब्रिफिङ

१९ भाद्र २०६९, मंगलवार १२:४१ मा प्रकाशित

काठमाडौं, १९ भदौ । सरकार समर्थित सङ्घीय गणतान्त्रिक गठबन्धनको बैठकमा दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे गठबन्धनका अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका छन्। एकीकृत नेकपा (माओवादी) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको गठबन्धनको बैठकमा अध्यक्ष दाहालले पछिल्लो अवस्थाको ब्रिफिङ गरेका हुन्।
तीन दलबीच भइरहेको वार्ता र छलफल सकारात्मकरुपमा अघि बढेको तथा चाँडै समाधान निस्कने सम्भावना बढेको जानकारी गराएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए। उनले गठबन्धनले आज अपराह्न १ बजे गर्ने सर्वपक्षीय अन्तर्क्रियाका लागि विषय पनि तय गरेको जानकारी दिए।
गठबन्धनको अर्को बैठक आगामी बिहीबार एमाओवादी केन्द्रीय कार्यालयमा )बस्ने गरी आज स्थगन गरिएको छ। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित