जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति

एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने अमेरिका पहिलो मुलुक हो । यसअघि अमेरिकाले फाइजर र मोर्डेनाको खोपलाई स्वीकृत गरेर प्रयोग गरिरहेको छ । यो खोप फ्रिजरमा नभएर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्ने सहज किसिमको रहेको छ ।
१६ फाल्गुन २०७७, आईतवार ०८:४२ मा प्रकाशित

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।

एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने अमेरिका पहिलो मुलुक हो । यसअघि अमेरिकाले फाइजर र मोर्डेनाको खोपलाई स्वीकृत गरेर प्रयोग गरिरहेको छ । यो खोप फ्रिजरमा नभएर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्ने सहज किसिमको रहेको छ । फाइजर तथा मोडेर्ना खोप दुई पटक दिनुपर्ने र डिपफ्रिजर आवश्यक पर्ने हुँदा वितरणमा कठिनाइ हुने गरेको थियो । जोन्सन एण्ड जोन्सनको खोप निकै सस्तो हुनेपनि बताइएको छ ।

जनवरीमा गरिएको मानवीय परीक्षणमा यो खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो । यो खोपले संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत सहयोग गर्ने बताइएको छ । परीक्षणका क्रममा कसैको पनि मृत्यु भएको छैन भने संक्रमित विरामी भएर अस्पताल समेत भर्ना हुनु परेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर