ला–लिगामा बार्सिलोना विजयी

१६ फाल्गुन २०७७, आईतवार ०८:२४ मा प्रकाशित

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिडको ५५ अंक छ भने २४ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ ।

ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले डेपोर्टीभो आलाभेजलाई १–० ले हराउँदा लेभान्ते र एथ्लेटिक बिल्बाओ तथा आइबार र हुएस्काले एक एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी