मूल्यवृद्धि फिर्ता नलिए भारतीय नंबर प्लेटका गाडी गुड्न नदिने

१९ भाद्र २०६९, मंगलवार ०६:४० मा प्रकाशित

काठमाडौं, १९ भदौ । आइतबारको निर्णयबाट बढाइएको इन्धनको मूल्य फिर्ता लिन विद्यार्थी संगठनहरुले सरकारलाई मंगलबार सांझसम्मको अल्टिमेटम दिएका छन् । मुल्यवृद्धि फिर्ता नलिए कांग्रेस, एमालेलगायतका बिद्यार्थी संगठनले भारतीय नम्बर प्लेटका गाडी गुड्न नदिनेगरि आन्दोलन घोषणा गरेका छन् । अनेरास्वबियु, नेविसंघ, अनेरास्वबियु क्रान्तिकारीसहित ९ बिद्यार्थी संगठनको सोमबार बसेको वैठकले मूल्यबृद्धिको बिरोध गर्दै चक्काजाम, मसाल जुलुस र उपत्यका बन्दसहितका बिरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।
१९ गते बेलुकीसम्म मूल्यबृद्धि फिर्ता लिन अल्टिमेटम दिंदै ती संगठनहरुले निर्णय फिर्ता नलिए देशभर सरोकारवालासँग सडकमा अन्तरक्रिया गर्ने, २१ गते शिक्षणसंस्था अगाडी बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने, २२ गते सरकारी र भारतीय नम्बरप्लेटका गाडी गुडन नदिने, २३ गते देशब्यापी मसाल जुलुस प्रर्दशन गर्ने र २४ गते उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही