‘गैर आवाशीय नेपाली अभियान मार्फत नेपाली अमेरिकनको सेवा गर्न चाहन्छु’

१५ फाल्गुन २०७७, शनिबार १३:३८ मा प्रकाशित

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय नेपाली अभियान (एनआरएनए) मार्फत मातृभूमि नेपालसंगको जन्मसिद्ध हक र पहिचान कायम गर्ने सामुहिक अभियान सुरु गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन् ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनले चयन गर्ने नेतृत्वमा रहेर काम गर्ने आफ्नो अभिमत जाहेर गर्दै अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले संघको प्रारम्भिक तहको पदमा आफ्नो उम्मेदवारी समेत सार्वजनिक गरेका छन् ।

अमेरिकन डायेसपोरा मातृभूमि नेपालको जाति, धर्म र राजनीतिमा रंगिएकोमा दुख ब्यक्त गर्दै नेपाली जातिको एकता, समृद्धि र सामाजिकीकरणको लागि आफुले गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले भने, ‘अमेरिकन डायेसपोराका नेपालीको पैत्रिक र जन्मसिद्ध हक लामो समय देखि अन्यौल ग्रस्त बनेकोछ, अमेरिका भित्रै पनि पहिलो पुस्ताको नेपाली विविध कारणले समस्यमा परेको छ, म गैर आवाशीय नेपाली अभियान मार्फत समुदायको हितमा सेवा परमो धर्मको मुलमन्त्र बोकेर कल्याणकारी अभियान सुरु गर्न चहान्छु ।’

गुरुङले गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाका सदस्यहरुलाई आग्रह गर्दै भने, ‘संघको प्रारम्भिक तहको पदमा रहेर तपाइहरुको सुख दुखको साथी बन्न चाहन्छु, हाम्रो बहु धार्मिक, बहु सांस्कृतिक विरासतलाई अमेरिकी समाजमा स्थापित गर्न चाहन्छु, मलाई तपाइको अमुल्य मत सहित साथ समर्थन र सुभेच्छाको खाँचो छ ।’

‘अमेरिका अवसरको भुमि हो, गुरुंगले भने, अमेरिकी समाजमा नेपाली जातिको आर्थिक, राजनीतिक र सामाजिक पहिचानको लागि संघको नेतृत्वमा रहेर सार्थक अभियान सुरु गर्न मेरो उम्मेदवारीलाई आफ्नो अमुल्य मत मार्फत अनुमोदन गर्न आग्रह गर्दछु ।’

गुरुंगले जोड दिएर भने, ‘नेपाली अमेरिकनको दोस्रो पुस्ता हुर्की सकेको छ, उनीहरुको सुन्दर भविष्यको लागि एनआरएनए मार्फत सहजीकरण गर्न सकियो भने अमेरिकामा हाम्रो पहिचान सुनिश्चित हुनेछ ।’

उनले चुनौतिको भाषामा भने हाम्रो संख्या अमेरिकमा गणपुरक भैसक्यो किन हामीले यहाँको सिटी, राज्य र केन्द्रिय तहको आर्थिक, सामाजिक र राजनीतिक तहमा प्रतिनिधित्व नखोज्ने, एनआरएनए मार्फत यस क्षेत्रमा क्रियाशील अनुहारलाई सहजीकरण गर्न अब कन्जुस्याई नगरौ ।

कोभिड संक्रमणका कारण मानसिक तवरले क्षत विक्षत मनहरुलाई सहज जिवन जिउन हामीले केहि गर्न सक्छौ र गैर आवाशीय नेपाली अभियान टुटेको मन जोड्ने चौतारी बनाउन सकिन्छ, म संग योजना र सोच छ, नेतृत्वको प्रारम्भिक तहमा रहेर काम गर्ने मेरो इच्छा छ, म आग्रह गर्छु मेरो उम्मेदवारी स्विकारीदिनुहोस ।

नेपालको लमजुंग जिल्ला घर भै हाल क्यालिफोर्नियाको लस एन्जलस शहरमा बसोबास गर्दै आउनु भएका गुरुङले नेपालमा रहंदा पनि स्थानिय तह र राष्ट्रिय तहको नेतृत्वमा रहेर समाजसेवाको क्षेत्रमा काम गर्दै आएका थिए ।

गुरुङ समाज अमेरिकाको विभिन्न पदमा रहेर सेवा मुखी काम गरेका गुरुङको लस एन्जलस श्री पशुपतिनाथ बुद्ध मन्दिर निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य