पूर्वमन्त्री कुबेर शर्माको निधन

१५ फाल्गुन २०७७, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो ।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए । उनी नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माको पुर्ख्यौली घर सप्तरीको राजगढ गाउँपालिकास्थित नर्घो टोल हो ।

२००७ सालदेखि प्रजातन्त्रिक आन्दोलनमा सहभागी उनी २०४६/०४७ सालको जनआन्दोलनमा सप्तरीमा सक्रिय थिए । उनले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सामिप्यमा रहेर काम गरेका थिए ।

शर्मा २०५३ सालपछि कांंग्रेस पार्टीबाट अलग भई हरियाली नेपाल पार्टीको संस्थापक सभापति बनेका थिए । शर्माका श्रीमती र ३ छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार