गायक कृष्ण पौडेलको ‘लुकी लुकी मायाले’

१५ फाल्गुन २०७७, शनिबार ११:३६ मा प्रकाशित

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ लोकगीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेलको आफ्नै रहेको छ ।

पछिल्लो समय समाजमा भएको माया प्रेमको भावनालाई समेटेर लुकी लुकी मायाले बोलको गीत तयार गरिएको गायक पौडल बताउँछन् । यसअघि कसैको पीडा र वास्तविकता समेटेर गीत तयार गर्ने पौडेलले यसपटक मायाप्रेमलाई समेटेर गीत तयार गरेका हुन् ।

‘लुकी लुकी मायाले बोलको गीत जिन्दगीको वास्तविकता आभास गराउने खालको छ’ उनले भने, ‘माया भन्ने भावनालाई कसैले रोक्न नसक्ने र छेकेर नछेकिने भावना हो भन्ने कुरा गीतमा रहेको छ ।’

पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पौडेल विदेशमा वसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् । ‘नेपाली संगीत सधै सुख दुस्खको साथी हो, त्यसैले अनेक आरोह अवरोह आए पनि मैले सहजरूपमा ग्रहण गरेको छु,’ गायक पौडेलले भने, ‘त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेको छैन ।’

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफि रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय रहेको छ ।

म्युजिक भिडियोको छायांकन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानो क्रियसन, पोखराको पोष्ट प्रोडक्सनमा बनेको म्युजिक भिडियो तयार भएको हो ।

कतारलाई कर्मभुमि बनाउँदै आएका गायक पौडेलले लोकसंगीतलाई निरन्तरता दिदै तेस्रो गीत बजारमा ल्याएका हुन् । उनको यसअघिको ‘नयाँ दिल्ली’ बोलको गीतले परदेशी नेपालीहरूको मन जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार