पाल्पामा खोप लगाएका स्वास्थ्यकर्मीलाई पनि कोरोना !

कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि
१५ फाल्गुन २०७७, शनिबार ०९:२९ मा प्रकाशित

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तीनै जना स्वास्थ्य मापदण्ड पूरा गरेर होम क्वोन्टिनमा बसेको र उहाँहरुमा स्वास्थ्य समस्या समेत नदेखिएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।

कोरोना विरुद्धको पहिलो खोप लगाउँदैमा संक्रमण नहुने भन्ने नभएका कारण स्वास्थ्य सावधानी अपनाउन पनि स्वास्थ्य कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार